News

रवि लामिछाने सत्ता स्वार्थमा लागेको केन्द्रीय सदस्यको आरोप

रवि लामिछाने सत्ता स्वार्थमा लागेको केन्द्रीय सदस्यको आरोप

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सरकारमा सहभागि हुने/नहुने विषयमा विवाद देखिएको छ। पार्टीका केन्द्रीय सदस्य गणेश कार्की सरकारमा जाने नेतृत्वको निर्णयप्रति असन्तुष्ट भएका छन् ।

उनले रवि लामिछाने र रास्वपा पनि सत्ता स्वार्थमा लागेको भन्दै आलोचना गरेका छन्। रास्वपाको समेत समर्थनमा माओवादी केन्द्रका अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए ।

‘हामी अलग छौं, अलग रहनेछौं र अलग गर्नेछौं’ भनेर मत मागेको तर अहिले त्यसअनुसार नभएको भन्दै कार्कीले असन्तुष्टि जनाएका छन् । ‘आम नागरिकहरुको निराश मनस्थितिमा हामी अलग छौं, अलग रहनेछौं र अलग गर्नेछौं भनेर मत मागेका थियौं, चुनावको परणाम आउँदै गर्दा हतारमा हामी पनि उनीहरु जस्तै छौं भन्न आफ्नै कान आफैंले चिर्न थाल्यौं ?’ उनले प्रश्न गरेका छन्, ‘हामी हुनु र नहुनुले सरकार निर्माणमा केही असर नपुग्ने अवस्थामा पनि प्रचण्डभन्दा पहिले बालकोट पुग्ने हतारो किन गर्यौं ?’

दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने विषयमा रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर आइतबार छलफल गरेका थिए । पार्टीको चुनावी बाचापत्रमा आफूहरुले उठाएका ललितानिवास काण्ड, वाइडबडी काण्ड, कोभिड भ्याक्सिन काण्ड लगायतको निष्पक्ष छानबिन होला भन्नेमा पनि उनले शंका गरेका छन् । 
 

विशेष