News

जनार्दनको गलत व्रिफिङले यसरी विछोडिए देउवा र प्रचण्ड

जनार्दनको गलत व्रिफिङले यसरी विछोडिए देउवा र प्रचण्ड

मुखमै आएको सत्ता स्वात्तै अर्काको हातमा पुगेपछि कांग्रेस भित्र भनाभन र जाईलाग्नेसम्मको अवस्था उत्पन्न भएको छ। नेताहरु झण्डै हात हालाहालको अवस्थासम्म पुगेका छन् ।

विवादमा सभापति देउवाको कोर टिमकै नेताहरु रहेको जनाईएको छ। उनीहरुको विवादका कारण १५ वर्षसम्म टिक्ने गठबन्धन बनाएको दावी गर्ने देउवा र पुष्पकमल दाहाल विछोडिएका छन् । दुई नेताको विछोडमा मुख्य दुई कारण पत्ता लागेको छ।

पहिलो–अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्माको गलग व्रिफिङ र दोश्रो– देउवाको कोर टिममा आरजु पक्षका नेता हावी। 

एक नेताका अनुसार आईतवार बालुवाटारमा सत्ता गठबन्धनको वैठक वस्नु अघिसम्म देउवा निकटका नेता मन्त्री शर्माको सम्पर्कमा थिए । उनले बालुवाटारको कोर टिमलाई दाहाल अन्तिमसम्म मिल्ने र गठबन्धनबाट बाहिर जान नसक्ने ब्रिफिङ गरेका थिए। उनकै कुरामा ढुक्क रहेका नेताहरु दाहाल वैठक छोडेर हिडेपछि भने लल्याकलुलुक भएका थिए ।

यता, आरजु पक्षका नेता देउवाको टिममा हावी भएका कारण पनि कांग्रेसको हाटबाट सरकार फुत्केको आरोप लागेको छ। सोही कारण शेरबहादुर देउवाको कोर टिमभित्रकै नेताहरुबीच विवाद हुँदा प्रवक्ता डा. प्रकाशशरण महतले उपसभापति पूर्णबहादुर खड्कालाई झम्टिएको सोही बैठकमा सहभागीहरूले बताएका छन्।

स्रोतका अनुसार प्रचण्ड निर्णायक वार्ता गर्न बालुवाटार पुग्नुअघि देउवाको कोर टिमबीच छलफल चलेको थियो । पूर्णबहादुर खड्का दाहाललाई प्रधानमन्त्री दिएर गठबन्धन जोगाउनुपर्ने पक्षमा उभिएका थिए भने रामचन्द्र पौडेलले पनि दाहाललाई धोखा दिन नहुने पक्षमै थिए ।

तर, आरजू निकट नेताहरू ज्ञानेन्द्रबहादुर कार्की र प्रकाशशरण महतले कुनै हालतमा प्रधानमन्त्री छाड्न नहुने अडान लिए । विवाद बढ्दै जाँदा आफू बसेको स्थानबाट उठेर महतले खड्कालाई झम्टिन खोजेको जनाईएको छ।

कार्की र महत दाहाललाई ओलीले प्रधानमन्त्री कुनै हालतमा नबनाउनेमा विश्वस्त थिए । तर खड्काले यो सूचना पाइसकेका थिए । देउवालाई गुमराहमा राखेको भन्दै खड्कालगायतका देउवा टिमकै नेताहरू आक्रोशित थिए । एकाएक प्रचण्ड गठबन्धन तोडेर हिँडेदेखि कार्की र महत बालुवाटारको सम्पर्कबाट बाहिरिएको बताइएको छ ।
 

विशेष