News

एमालेबाट थप को को बन्दैछन् मन्त्री ?

एमालेबाट थप को को बन्दैछन् मन्त्री ?

प्रधानमन्त्री पुष्पकमल दाहाल को नेतृत्वमा नयाँ सरकार गठन भएसँगै कुन पार्टीबाट को मन्त्री बन्ने चासो आम जनमानसमा वढेको छ। सत्तारुढ गठबन्धनको सबैभन्दा  ठुलो दल नेकपा एमालेले चार जना मन्त्री सरकारमा पठाइसकेको छ ।

उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा छन् भने धनकुटाका राजेन्द्रकुमार राई, बाराकी ज्वालाकुमारी साह र बैतडीका दामोदर भण्डारीले विना विभागीय मन्त्रीका रूपमा शपथ खाइसकेका छन् ।

अव एमालेबाट अन्य को को मन्त्री हुँदैछन् भन्ने चासो छ। एमाले अध्यक्ष केपी शर्मा ओली यस पटक समानुपातिक सांसदलाई मन्त्री नबनाउने मनसायमा छन्। त्यसैले प्रत्यक्ष निर्वाचित सांसद नै मन्त्री हुने सम्भावना वढि छ। 

एमालेले पर्वतका पदम गिरी, कास्कीका विद्या भट्टराई, सुनसरीका भगवती चौधरी, अर्घाखाँचीका टोपबहादुर रायमाझी, झापाका देवराज घिमिरे, धनुषाका रघुवीर महासेठ र रुपन्देहीका छविलाल विश्वकर्मालाई मन्त्री बनाउने सूचीमा राखेको छ ।

यीमध्ये एक जना सभामुख बन्नेछन् । जसमा सभामुखको सम्भावना छविलाल विश्वकर्माको बढी छ । यद्यपि अध्यक्ष ओलीले क–कसलाई मन्त्री बनाउने भन्नेबारे केही शीर्ष नेतासँग सामान्य छलफल गरे पनि पार्टी कमिटीमा ठोस निर्णय हुन वाँकी छ।
 

विशेष