रवि लामिछानेले किन अस्विकार गरे सरकारको प्रवक्ताको जिम्मेवारी ?
![रवि लामिछानेले किन अस्विकार गरे सरकारको प्रवक्ताको जिम्मेवारी ?](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/12/rabi-b6ce2.jpg)
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारको प्रवक्ताको जिम्मेवारी लिन अस्विकार गरेका छन् ।
सोमवार वसेको मन्त्री परिषद वैकमा प्रवक्ताको जिम्मेवारी सम्हाल्न रविलाई प्रस्ताव गरिएको थियो। तर, लामिछानेले उक्त प्रस्ताव नमानेपछि उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
प्रवक्ताको रुपमा सुरुमा लामिछानेलाई नै प्राथमिक्तामा राखिएको तर उनले अस्विकार गरेपछि पौडेललाई दिईएको जनाईएको छ।
यद्यपी मन्त्रिपरिषद् बिस्तार नहुञ्जेलका लागि मात्रै पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । अब नियुक्त हुने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले प्रवक्ताको जिम्मेवारी पाउने स्रोतले बतायो ।