News

महान्यायाधिवक्तामा अधिवक्ता दिनमणि पोखरेल सिफारिस

महान्यायाधिवक्तामा अधिवक्ता दिनमणि पोखरेल सिफारिस

प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायाधिवक्तामा अधिवक्ता दिनमणि पोखरेललाई सिफारिस गरेका छन् । सरकारको कानुनी सल्लाहकारका रूपमा रहने पदमा पोखरेललाई सिफारिस गरिएको हो ।

कानुनमा विद्यावारिधि गरेका पोखरेल माओवादीनिकट अधिवक्ता मानिन्छन् ।संवैधानिक कानुनका जानकार पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएको प्रतिनिधि सभा विघटन गैरसंवैधानिक छ भनी उनले सर्वोच्च अदालतमा बहस समेत गरेका थिए ।

पोखरेलले यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानुन विज्ञको रुपमा काम गरेका थिए । पोखरेललाई आजै शीतलनिवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी छ । 
 

विशेष