News

डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस

डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस

प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीलाई निलम्बनका लागि सिफारिस गरेको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले केसीलाई निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको जानकारी दिए ।

केसी शक्तिको आडमा गलत धन्दामा सक्रिय हुँदै आएको पाईएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को टोलीले आइतबार राति निवासबाटै नियन्त्रणमा लिएको थियो । उनको निवासबाट टोलीले ३५ तोला सुन र १८ लाख रुपैयाँ नगद पनि बरामद गरेको छ ।

जिल्ला प्रहरी कास्कीमा सरुवा भएका उनी सोमबार बुटवलबाट रमाना लिएर कास्की जाने तयारीमा थिए । बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको र सुन फिर्ता गर्न उनले व्यापारीसँग नगद रकम लिएको भन्ने सुराकीकाआधारमा सीआईबीले छानबिन गरेको थियो ।

पटक–पटक विवादमा मुछिएका डीएसपी केसीले साउन १ गते तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिको विवादमा नगरपालिका परिसरमा वडाध्यक्षलाई लात्ताले हानेर पौडी पोखरीमा फालिदिएका थिए । स्थानीय तहका जनप्रतिनिधले कारबाहीको माग गर्दा पनि उनी शक्तिकै आडमा जोगिएका थिए ।
 

विशेष