News

प्रधानमन्त्रीसँग माधव नेपाल रुष्टः ओलीसँग भेट्न जाउँसम्म भनेनन्

प्रधानमन्त्रीसँग माधव नेपाल रुष्टः ओलीसँग भेट्न जाउँसम्म भनेनन्

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रुष्ट भएका छन्। मित्रताका हिसाबले घनिष्ठ सम्बन्ध भएका नेपाल एमालेबाट पार्टी विभाजन गरेपछि दहालसँग झन नजिक भएका थिए।

संसदीय चुनावपछि संयन्त्र बनाएर पार्टी एकताको गृहकार्यसमेत गरेका दुई जनाको मित्रता आइतबारको घटनापछि एकाएक चिसिएको छ। दाहालले नेपालप्रति दुखेसो पोखेका छन् भने नेपालले दाहालप्रति।

माओवादी केन्द्रका अध्यक्ष दाहाललाई पहिलो कार्यकालमा प्रधानमन्त्री नदिने अडान कांग्रेस सभापति शेरबहादुर देउवाले कायम राखेपछि आइतबार नयाँ घटनाक्रम विकसित भयो। करिव १ वजे गठबन्धन टुट्यो भन्दै उनी बालुवाटारबाट निस्किए। तर हिँड्ने बेला उनले आफ्ना मित्र माधव नेपाललाई जाऊँसम्म भनेनन्।

‘उहाँ त गठबन्धन भत्कियो भन्ने घोषणा गरेर हिँड्नुभयो। अर्को विकल्पमा छलफलमा जाऔंसम्म भन्नुभएन। यो उहाँको बानी नै हो,’ नेपालले भने, ‘खोला त¥यो लौरो बिर्सियो भन्छन् नि! हो त्यस्तै।’

माधव नेपालका अनुसार प्रचण्डले उनीसँग गरेको सल्लाहको पनि पालना गरेनन्। पहिलो कार्यकाल आफूलाई दिन देउवाले अस्वीकार गरेपछि प्रचण्डले माधव नेपाललाई ओलीकहाँ गएर नयाँ समीकरणका लागि छलफल गर्ने भनेका थिए।

पछिल्लो समय माधव नेपालप्रति प्रचण्डको पनि मन मरेको देखिन्छ। 

विशेष