News

सांसदले कति पाउँछन् तलब, कस्ता छन अन्य सुविधा ?

सांसदले कति पाउँछन् तलब, कस्ता छन अन्य सुविधा ?

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को अधिवेशन आह्वान गरेकी छन्।  


सोमबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ। यससँगै आम सर्वसाधारण नागरिकमा सांसदहरुको तलव भत्ताका विषयमा चासो वढेको छ। सांसदहरुले के–के सेवा, सुविधा पाउँछन्, सुविधा के हुन्छ, तलव बाहेक पनि अन्य सेवा सुविधा के पाउलान? भन्ने सबैको चासो छ। 

प्रतिनिधि सभा सदस्यले मासिक पारिश्रमिकको रुपमा ६६ हजार ७० रुपैयाँ र मासिक रुपमा विशेष भत्ता बापत १ हजार रुपैयाँ, सञ्चार सुविधा बापत ३ हजार रुपैयाँ र धारा, पानीको नाममा २ हजार रुपैयाँ गरी मासिक रुपमा एकमुष्ट ७२ हजार ७० रुपैयाँ पाउँछन्।   

आवास सुविधा भनेर काठमाडौं उपत्यकामा घर नहुने सांसदहरुले मासिक १८ हजार रुपैयाँ पाउनेछन् भने काठमाडौं उपत्यकामा घर हुनेहरुले ९ हजार रुपैयाँ मात्र पाउँछन्। सांसद निर्वाचित भएर आइसकेपछि एकपटकका लागि फर्निचरका लागि एकमुस्ट १५ हजार रुपैयाँ दिइन्छ। सांसदहरुले समिति र सभाको बैठकमा उपस्थिति भएपछि बैठक भत्ता बापत १ हजार रुपैयाँ र सभा तथा बैठकमा आवतजावतको लागि भनि थप १ हजार रुपैयाँ पाउनेछन्।

सांसदको दैनिक कामकाजका लागि सचिवालयमा राजपत्रांकित तृतीय श्रेणी सरहको स्वकीयसचिव नियुक्त गर्न दिइनेछ। स्वदेशभित्र कुनै भ्रमण गर्नुपरेमा दैनिक भ्रमणभत्ता बापत २ हजार ५०० पाउनेछन् भने विदेश भ्रमण गर्नुपरेमा प्रतिदिन २२५ डलर पाउनेछन्। त्यसैगरी देशको प्रतिनिधित्व गर्दै अथवा संसदको कामको शीलशीलामा विदेश जानुपरेमा संसद सचिवालयको सिफारिसमा राहदानी विभागले कूटनीतिक राहदानी उपलब्ध गराउने छ।

ांसदहरुले उपचार खर्च पनि पाउँछन्। कुनै रोगको सम्बन्धमा परामर्श लिनुपरेमा संघीय संसद् सचिवालयमा वरिष्ठ चिकित्सकले निःशुल्क परामर्श दिने व्यवस्था गरिएको छ। अस्पताल भर्ना हुनुपरेको अवस्थामा सरकारी अस्पतालमा भर्ना भएमा बिल अनुसारको सबै रकम उपलब्ध गराउने र निजी अस्पतालमा भर्ना भएको भए बिलको आधा रकम पाउने गरेका छन्। 

विशेष परिस्थितिवस विदेशी अस्पतालमा उपचार गराउनुपर्ने अवस्था आएमा प्रतिनिधि सभा सदस्यलाई सभामुखको र राष्ट्रिय सभा सदस्यलाई सभाका अध्यक्षको स्वीकृतिमा बढीमा १ वर्ष सम्मको पारिश्रमिक र आवास भत्ताबापतको रकम पेस्की पाउने व्यवस्था छ। 
 

विशेष