News अर्थ

प्रचण्ड शासन सुरु भएपछि ड्रागनले खुल्ला गर्दियो लालगेट

प्रचण्ड शासन सुरु भएपछि ड्रागनले खुल्ला गर्दियो लालगेट

नेपालमा नयाँ सरकार गठनलगत्तै ड्रागनको ब्यवहार गरिरहेको चिनले लालगेट (रसुवागढी–केरुङनाका) दुईतर्फी रुपमा सुचारु गरेको छ। 

कोरोना महामारीलाई देखाएर लामोसमयदेखि अघोषित नाकावन्दी गरेको चिनले रसुवागढी–केरुङनाका आजबाट दुईतर्फी सूचारु गरेको हो। केरुङ रसुवागढी नाकाबाट हुने दुईतर्फी व्यापार आजदेखि सुचारु भएको चिनियाँ दूतावासले जानकारी दिएको छ । कोरोना महामारीका कारण यो नाका २०७६ अन्तिमतिरबाट बन्द थियो ।

नेपालको आग्रहमा चीनले आफ्नोतर्फबाट वस्तु आयातका लागि कोटा तोकेर एकतर्फी रुपमा नाका सञ्चालनमा ल्याए पनि नेपालबाट हुने निर्यात भने ठप्प थियो ।

केही दिनअघि छोटो सूचना पठाएर चीनले नेपालको रसुवागढी नाकाबाट नेपाल वस्तु आयात गर्न दिने बताएपछि मंगलबार नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको ६ ट्रक नेपाली वस्ता चीनतर्फ निर्यात भएका थिए ।

योसँगै करिब ३५ महिनासम्म बन्द अवस्थामा रहेको भन्सार नाकाबाट सुचारु भएको छ। नाकामा कडाई गर्दा ०७६ सालको लकडाउनको समयमा करोडौ रुपैयाँ बराबरका सामान नाकामै कुहिएका थिए ।

अहिले आएर पहिलो चरणमा नेपाली हस्तकलाका सामाग्री, भाडाकुँडा र मुढा लगायतका वस्तु निर्यात हुन थालेको छ। यसका लागि चीनको लासा स्थित महावाणिज्यदूतावासको पहलले समेत काम गरेको भन्सार प्रमुख नारायण भण्डारीले वताए । 

चालू आर्थिक वर्ष २०७९/८० को मंसिर महिनासम्मको तथ्यांकअनुसार पनि चीनतर्फको निर्यात शून्य छ । यसअवधिमा तातोपानी नाकाबाट ४ अर्ब ४२ करोड २४ लाख रुपैयाँ बराबरको आयात भएको थियो । यसबाहेक, रसुवागढी नाकाबाट समेत आयात शून्य छ । यो नाकाबाट चालू वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा ११ अर्ब ११ करोड ३० लाख रुपैयाँ बराबरको आयात भएको छ । 

विशेष