News

प्रचण्डका कारण ओलीलाई भेट्न नपाएपछि यसरी किनारामै छुटे माधव नेपाल

प्रचण्डका कारण ओलीलाई भेट्न नपाएपछि यसरी किनारामै छुटे माधव नेपाल

मंसिर ४ गतेको निर्वाचन परिणाम आएसँग सरकार गठनको कसरतमा सँगै रहेका दुई हितैसी मित्र माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल अहिले दुई किनारामा पुगेका छन्।

दाहाल राजनीतिकको खोला तरेर प्रधानमन्त्रीको कुर्षिमा विराजम हुँदा नेपाल भने किनारामै छुटे। अहिले अवस्था यस्तोसम्म आयो, सोमबार अपरान्ह शीतलनिवासमा भएको प्रधानमन्त्री दाहालको शपथ ग्रहण कार्यक्रममा सहभागी भएर पनि नेता नेपालले दाहाललाई भेटेनन् ।

एकअर्कालाई औधी मन पराउने र नेकपा कालदेखी अझ नजिक भएर एमाले फुटाउनेसम्मको रणनीतिमा सहकार्य गरेका दुई नेता कसरी छुटे त ? भन्ने विषयमा अहिले सर्वत्र चासो छ। यसको जवाफ भने एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफैले दिएका छन् ।

मंगलबार पार्टी पदाधिकारीको बैठकमा नेता नेपालले गरेको ब्रिफिङ अनुसार चुनावबाट रवि लामिछानेको उदयसँगै दाहाललाई प्रधानमन्त्री बन्न नेपालले नै प्रस्ताव गरेका थिए । तर माओवादी अध्यक्ष दाहालले देउवासँग एक्लै संवाद गरे, प्रधानमन्त्री आफू बन्ने सहमति गरे । जब शेरबहादुरले बोली फेर्न लागे, अनि दाहालले नेपालसँग सहयोग माग्न थाले। 

यसबीचमा प्रतिनिधिसभाको यो ५ वर्षको कार्यकालमा प्रधानमन्त्रीमा २÷२÷१ वर्षको आलोपालो, राष्ट्रपति एकीकृत समाजवादीलाई दिने÷नदिने कुरा चलिरह्यो । अन्तिम घडीमा जब देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाड्ने अडान लिए, परिस्थित फेरियो ।

अध्यक्ष नेपालका अनुसार १० पुसमा बालुवाटारमा भएको छलफलमा पनि सहमति नभएपछि त्यहीं दाहाल र उनीबीच कसरी अगाडि जाने भनेर सल्लाह भएको थियो । दाहालले दुवै मिलेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्ने र नयाँ ढंगले अघि बढ्ने प्रस्ताव राखे । उनले सहजै सहमति जनाए । 

बालुवाटारबाट उनी आलोकनगरस्थित पार्टी कार्यालय आए, नेताहरुलाई छलफलका लागि बोलाए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई फोन गरे ।

माधव नेपाल दाहालले बोलाउँछन् र केपी ओलीसँग कुरा गर्न जाउँला भनेर पार्टी कार्यालयमा कुरेर बसिरहे । तर दाहाल एक्लै बालकोट पुगेको सूचना आयो । त्यसपछि क्रमशः जसपा संघीय परिषद्का अध्यक्ष अशोक राई, जनमत पार्टीका सीके राउत बालकोट पुगेको खबर आयो । बालकोटमा सवैकुरा मिलेपछि जानकारी नेपालले पाए।

ओलीलाई भेट्न जान कुर्दाकुर्दै छुटेका अध्यक्ष नेपाल आफूलाई थाहै नदिई प्रधानमन्त्री भएकोमा दाहालसँग दुःखी छन् । यद्यपि नेपाललाई गठबन्धनमा समेट्न प्रयास भने जारी छ। 
 

विशेष