News

बाग्लुङको अधिकारी चौर आसपासमा भुकम्पका तीन ठुला झड्का

बाग्लुङको अधिकारी चौर आसपासमा भुकम्पका तीन ठुला झड्का

बागलुङको अधिकारी चौरको वरपर केन्द्रविन्दु वनाएर गए राति भूकम्पका तीन झट्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बागलुङ जिल्लामा ४.७, ५.३ र ४ रेक्टर स्केलका तीन भूकम्पको झट्का महसुस गरिएको हो।

राति १ः२३ बजे ४.७ त्यसपछि ५.३ रेक्टरको भूकम्प खुंगामा केन्द्र बनाएर राति २ः०७ बजे गएको केन्द्रले जनाएको छ। बिहान करिब चार बजेतिर अधिकारी चौर नै केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ।

भूकम्पले पु-याएको क्षतीका बारेमा कुनै पनि जानकारी प्राप्त भएको छैन। 
 

विशेष