News

विद्यार्थीमाथि ग्रेडर चलाउने निर्माण कम्पनीलाई कारबाही गर्न विप्लवनिकट विद्यार्थीकाे माग

विद्यार्थीमाथि ग्रेडर चलाउने निर्माण कम्पनीलाई कारबाही गर्न विप्लवनिकट विद्यार्थीकाे माग

कैलालीमा विद्यार्थीमाथि ग्रेडर चलाउने निर्माण कम्पनीलाई कारबाहीको माग गरिएको छ । नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कालिका कन्स्ट्रनकमाथि कारबाही गरिनु पर्ने माग गरेको हो ।  
 
धनगढीको पञ्चोदय माध्यामिक विद्यालयकी विद्यार्थी चेतना साउँदको ग्रेडरले ठक्कर दिएपछि बिहीबार बिहान मृत्यु भएको थियो । उनलाई ग्रेडरले जबरजस्ती किचेर मारेको बताइन्छ । उनीहरुले बिहीबार धनगढीमा प्रदर्शन गरेका थिए । कालिका कन्ट्रक्सनलाई कारबाही हुनुपर्ने र प्रहरी नियन्त्रणमा रहेका विद्यार्थीको रिहाको माग अखिल क्रान्तिकारीले गरेको अध्यक्ष महेश पातलीले बताए । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो । 


धनगढीमा विद्यार्थीले प्रदर्शन गर्न थालेपछि स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबारपनि विद्यार्थी तथा स्थानीयले विरोध प्रर्दशन जारी राखेका छन् । 

 

विशेष