News

प्रचण्डले माधबलाई भने–ओलीसँगको छलफलमा तपाईलाई नबोलाउनु गल्ति भयो

प्रचण्डले माधबलाई भने–ओलीसँगको छलफलमा तपाईलाई नबोलाउनु गल्ति भयो

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा माधवकुमार नेपाललाई नबोलाउनु गल्ति भएको स्विकारेका छन् । प्रधानमन्त्री दाहालले बुधबार बिहान एकिकृत समाजवादीका अध्यक्ष नेपालसँग भेट गरेर आफनो कमजोरी स्विकार गरेका हुन।

भेटमा दाहालले गत पुस १० गते बालुवाटारबाट बाहिरिने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासको छलफलमा जाऔं नभन्नु आफ्नो गल्ती भएको बताएका छन्। 

आजको भेटमा पनि अध्यक्ष नेपालले बालकोट जाँदा आफूसँग छलफल नगरिएकोमा गुनासो गरेका थिए। ‘प्रचण्डजीलाई मैले ओलीसँग छलफलमा जाऔँ भन्ने तर निस्कनेबेला खबर नगर्ने? यो रबैयाबाट म असन्तुष्ट छु भनेँ,’ अध्यक्ष नेपालले भने, ‘हतारमा भन्न पाइएन। यसमा मेरो गल्ती भयो भनेर प्रचण्डले भन्नुभयो।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो कार्यकाल प्रधानमन्त्री दिन अस्वीकार गरेपछि नयाँ विकल्पका लागि एमाले अध्यक्ष ओलीसँग दुई जनाले सँगै छलफल गर्नुपर्ने प्रस्ताव दाहाल आफैँले नेपाललाई गरेका थिए।

आइतबार बालुवाटारबाट बाहिरिने क्रममा दाहालले जाऔँसम्म नभनेपछि अध्यक्ष नेपालले दाहालले ‘खोलो त¥यो लौरो बिर्सियोझैँ गरेको’ टिप्पणी गरेका थिए। तर, आजेको भेटमा दाहालले सरकारलाई समर्थन गर्न नेपाललाई प्रस्ताव गरेका छन्।

विशेष