News

आरआर क्याम्पसमा विद्यार्थीहरुबीच खुकुरी हानाहान, ३ जना घाइते

आरआर क्याम्पसमा विद्यार्थीहरुबीच खुकुरी हानाहान, ३ जना घाइते

काठमाण्डौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा विद्यार्थीहरुबीच झडप हुँदा ३ जना घाइते भएका छन् । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको दुई समूहबीच बुधबार झडप भएको हो।

क्याम्पस इकाईका अध्यक्ष लोकेश खड्का र अनेरास्ववियु नेता समिप बडाल पक्षधरको बीचमा झडप भएको क्याम्पस ईकाइमा आबद्ध विद्यार्थीहरूले बताएका छन् ।

झडपमा खुकुरी प्रहार भएको थियो । घाईतेहरूको अहिले काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ । स्ववियु निर्वाचनका विषयमा छलफल गर्दा विवाद भएको र सोही क्रममा खुकुरी प्रहार भएको बताईएको छ।

खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्ण गिरि,  झलक तामाङ, द्रुतराज लामा र सविन निरौला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

विशेष