News

०७७ पुस ४ पछि पहिलो पटक प्रचण्ड निवासमा ओली

०७७ पुस ४ पछि पहिलो पटक प्रचण्ड निवासमा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल निवास खुमलटार पुगेका छन् ।

दाहाललाई भेट्न अध्यक्ष ओली एक्लै पुगेको दाहालका स्वकिय  सचिव रमेल मल्लले जानकारी दिए । अहिले उनीहरूबीच वार्ता चलिरहेको छ ।

यसअघि बिहान दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए ।

नेपाल र यादवसँगको छलफलपछि दाहालले ओलीसँग वार्ता गर्न लागेका हुन् । मन्त्रालय बाँडफाँट र प्रदेशको नेतृत्वलगायत विषयमा छलफल गर्न ओली खुमलटार पुगेको जनाईएको छ । 

पछिल्लो पटक दाहालसहित असन्तुष्ट रहेका नेताहरूले जारी गरेको १९ पृष्ठको आरोपपत्र फिर्ता लिन भन्दै २०७७ पुस ४ गते अध्यक्ष ओली दाहाल निवास खुमलटार पुगेका थिए । 
 

विशेष