News

बालकृष्ण खाँडले जाँदाजाँदै गरे चार सिडिओको सरुवा

बालकृष्ण खाँडले जाँदाजाँदै गरे चार सिडिओको सरुवा

निवर्तमान गृहमन्त्री बालकृष्ण खाँडले मन्त्रालय छोड्दै गर्दा पनि चार जिल्लाका सिडिओ सरुवा गर्न भ्याएका छन्। 

कार्यकाल पुरा गरेर हिँडनेबेला खाणले सिडिओहरुको हेरफेर गरेका हुन् । आफ्ना सुरक्षा सल्लाहकार सुनील खनालकी पत्नी सुप्रभा ढुंगेललाई उनले मनाङको सिडिओमा सरुवा गरेका छन् भने गृह मन्त्रालयमा कार्यरत वसन्त भट्टराईलाई सोलुखुम्बुको सीडीओ बनाएका छन् ।

रसुवामा प्रकाशचन्द्र अधिकारी र बाजुरामा पुष्कर खड्कालाई सरुवा गरिएको छ । गृह मन्त्रालयका अधिकारीहरूका अनुसार मनाङका रवीन्द्र आचार्यलाई काठमाडौंको सहायक प्रमुख जिल्ला अधिकारी पदमा सरुवा गरिएको छ । 

विशेष