News

मुख्यमन्त्रीको भागवण्डाः एमालेलाई ४, माओवादीलाई २, मधेशमा जसपा/जनमत आलोपालो

मुख्यमन्त्रीको भागवण्डाः एमालेलाई ४, माओवादीलाई २, मधेशमा जसपा/जनमत आलोपालो

सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार भएका छन् । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे भएको छलफलमा माओवादीका नेताहरुले यस्तो संकेत गरेका हुन।

एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ । माओवादी केन्द्रले लुम्बिनी र सुदूरपचिमको मुख्यमन्त्री लिने देखिएको छ भने मधेस प्रदेशको नेतृत्वमा भने जनता समाजवादी पार्टी र जनमत पार्टीबीच आलोपालो गर्ने गरी सहमतिको प्रयास भइरहेको छ ।

यही विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको जनाईएको छ। उनीहरुले बिहीबार बस्ने सत्ता साझेदार दलको बैठकका लागि एजेण्डा तय गरेका छन।

खुमलटारस्थित प्रधानमन्त्री दाहालको निजी निवासमा भएको छलफलमा बिहीबारको बैठकका लागि एजेण्डा तय भएको प्रधानमन्त्री दाहालका प्रमुख स्वकीय सचिव रमेश मल्लले बताए।

‘बिहीबार बालुवाटारमा सत्ता साझेदार दलबीच छलफल हुँदैछ। आजको छलफलमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय र सरकारका नीति कार्यक्रम तथा प्राथमिकता तय गर्ने विषयमा छलफल भयो’ उनले भने–‘विस्तृत रूपमा बिहीबार छलफल हुनेछ।’

एमाले अध्यक्ष ओली दुई वर्षपछि खुमलटार पुगेका हुन्।
 

विशेष