News

देउवाकै पदचापमा प्रचण्डः ज्योतिषीको सल्लाह अनुसार ५ बजे बालुवाटर सर्ने

देउवाकै पदचापमा प्रचण्डः ज्योतिषीको सल्लाह अनुसार ५ बजे बालुवाटर सर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल साँझ ५ बजे निजी निवास खुमलटारबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर सर्ने भएका छन् । ज्योतिषीको सल्लाह अनुसार उनले ५ बजेको साईत मिलाएका हुन।

उनले  ज्योतिषी टीकाराम घिमिरेलाई बोलाएर बालुवाटर सर्ने साइतको टुंगो गरेका हुन्। साइत जुराए बालुवाटार जाँदै गरेका ज्योतिषी टिकाराम घिमिरेले प्रधानमन्त्रीसँगै बसेर साँझ ५ बजेको साइत जुराएर फकिएको बताए ।

घिमिरेले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि साइत हेर्ने काम गरेका थिए। कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री देउवा आजै भाडाको घरमा सरेका छन् । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी बालुवाटा छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन् ।

बुढानीलकण्ठस्थित देउवाको निवासमा हाल निर्माण कार्य भइरहेकाले उनी भाडाको घरमा सरेको उनको सचिवालयले जनाएको छ । बुढानीलकण्ठको घर निर्माण सकिन ३÷४ महिना लाग्ने भएकाले अहिलेका लागि भाडाको घर खोजिएको जनाईएको छ।

१० पुसमा नै नेकपा माओवादीका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए ।

विशेष