News

थापाथलीको सुकुम्बासी बस्ती हटाएरै छोड्ने योजनामा बालेन्द्र, मागे सुरक्षा

थापाथलीको सुकुम्बासी बस्ती हटाएरै छोड्ने योजनामा बालेन्द्र, मागे सुरक्षा

काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साह थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने योजनामा फेरी अघि वढेका छन्। उनले वुधवार सुकुम्वासी वस्ति हटाउन सुरक्षा निकायको सहयोग मागेका छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गृह र र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै आवश्यक सहयोगका लागि आग्रह गरेका हुन् । ‘थापाथलीस्थित वाग्मती नदी किनारमा अनाधिकृत रूपमा निर्माण भएका संरचनाहरू हटाउन पटक–पटक प्रयास भएको व्यहोरा विदितै छ । यस महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ’ पत्रमा भनिएको छ–‘जसको लागि तहाँमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ।’

अतिक्रमित क्षेत्रमध्ये थापाथलीस्थित बाग्मती नदी किनारमा अव्यवस्थित÷अनाधिकृत रूपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परियोजना समेतबाट अनुरोध भई आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भएतापनि सो सफल हुन नसकेको महानगरको निष्कर्ष छ।

यसअघि, सो बस्ती हटाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले महानगरलाई अनुरोध गरेको थियो । त्यसपछि महानगरले बस्तीमा डोजर चलाउने प्रयास गर्दा सुकुम्बासीले ढुंगामुढा गरेका थिए ।

नगर प्रहरीमाथि आक्रमण गरिँदा एसपी राजुनाथ पाण्डेसहित ३६ नगर प्रहरी घाइते भएका थिए । सो समयमा सुरक्षा निकायको सहयोग नपाएकाले हटाउन नसकेको महानगरले गुनासो गरेको थियो । 

यो पनि,

सुकुम्बासी बस्ती

विशेष