News

प्रभु साहले घोषणा गरे आम जनता पार्टीको ५१ सदस्यीय तदर्थ समिति

प्रभु साहले घोषणा गरे आम जनता पार्टीको ५१ सदस्यीय तदर्थ समिति

एमाले छाडेका नेता प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन् । बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो ।

बैठकले प्रदेश १ अध्यक्षमा हरिप्रसाद पोखरेल र इन्चार्जमा रामप्रित पासवान, मधेशको अध्यक्षमा श्रीचन मुखिया र इन्चार्जमा उपेन्द्र साह, बागमतीको अध्यक्षमा नाम्गेल मोक्तान र इन्चार्जमा बद्री न्यौपाने तथा गण्डकीको अध्यक्षमा राजन यादव ‘मनोज’ र इन्चार्जमा बद्री न्यौपानेलाई तोकेको छ।

यसैगरी, लुम्बिनीको अध्यक्षमा परमानन्द वर्मा र इन्चार्जमा रीतादेवी यादव, कर्णालीको अध्यक्षमा सियाराम कुशवाह र इन्चार्जमा उपेन्द्र साह र सुदूरपश्चिमको अध्यक्षमा केशव राय चौधरी र इन्चार्जमा कुन्दन कुशवाह रहेका छन् ।

आम जनता पार्टीको जनवर्गीय संगठन तथा विभागहरुको पनि जिम्मेवारी तोकिएको छ । आम जनता पार्टीले एकता र सहकार्यका लागि ३ सदस्यीय वार्ता टोली पनि बनाएको छ । जसमा उपेन्द्र साह, रामप्रित राम र इस्लाम हवारी रहेका छन् ।
 

विशेष