News

चिनियाँ नागरिकलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाउने तयारी

चिनियाँ नागरिकलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाउने तयारी

अमेरिकाले चीनियाँहरुलाई आफनो देशमा प्रवेश गर्न रोक लगाउने तयारी गरेको छ।

चीनले जनवरी ८ देखि आफ्नो देश प्रवेश गर्ने विदेशी यात्रुहरू क्वारेन्टिनमा बस्नु नपर्ने घोषणा गरेसँगै अमेरिकाले चिनबाट आउने यात्रुहरूलाई प्रतिबन्ध लगाउने तयारी गरेको हो । चीनले मंगलबार एक घोषणा गर्दै आफ्नो देश प्रवेश गर्ने विदेशीहरू जनवरी ८ देखि क्वारेन्टिनमा बस्नु नपर्ने जनाएको थियो ।

सन् २०२० को मार्चयता चीन प्रवेश गर्ने सबै यात्रुलाई अनिवार्य तीन साता क्वारेन्टिनमा बस्नुपर्ने नियम लगाइएको थियो । जुन पछिल्लो समय पाँच दिनमा झारिएको थियो । तर जनवरी ८ देखि भने अनिवार्य क्वारेन्टिनको व्यवस्था अन्त्य गरिएको हो ।

भाइरसको संक्रमण फैलिएसँगै ‘शून्य कोभिड नीति’ अन्तर्गत लगाइएका प्रतिबन्धहरू पछिल्लो दिनमा चीनले शृंखलाबद्ध रूपमा हटाउँदै आएको छ । तर पछिल्ला दिनमा चीनका कतिपय सहरमा कोरोना संक्रमणका घटनामा तीव्र रूपमा वृद्धि भएको जनाइएको छ ।

चीनमा कोरोना भाइरस संक्रमितको संख्या निकै बढिरहेको र यसबारेको सूचनामा पारदर्शिता नभएका कारण नयाँ नियम ल्याउन बाध्य भएको अमेरिकी अधिकारीहरूले जनाएका छन् । चीनमा बढ्दो संक्रमणप्रति चिन्तित जापान, मलेसिया र ताइवानले यसअघि नै चीनबाट आउने यात्रुहरूका हकमा कडा नियम जारी गरिसकेका छन ।

ती देशले चीनबाट आउने यात्रुको कोरोना रिपोर्ट नेगेटिभ हुनुपर्नेलगायतका नियम ल्याएका हुन । तर भारतले भने चीनको निर्णय सार्वजनिक हुनुभन्दा अघि नै यात्रुहरूका लागि नियम कडा पार्ने तयारी गरिसकेको जनाइएको छ ।

चीनले भने कोरोनासम्बन्धी नियमहरू ‘वैज्ञानिक आधारमा’ जारी गरिनुपर्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ‘पश्चिमा देश र सञ्चारमाध्यमहरूले स्थितिलाई बढी उछालेका र कोरोनासम्बन्धी चिनियाँ नयाँ नीतिको गलत व्याख्या गरेको’ आरोप लगाएका छन ।
 

विशेष