News स्वास्थ्य

तोषिमा कार्कीले किन सुरु गरिन आन्दोलन ?

तोषिमा कार्कीले किन सुरु गरिन आन्दोलन ?

चिकित्सा शिक्षा आयोगले लिएको स्नातकोत्तर तह (एमडी/एमएस)को प्रवेश परीक्षाको नतिजालाई लिएर विद्यार्थीहरुले असन्तुष्टि जनाएका छन् । परिक्षामा नक्कली कागजात पेश भएको र आयोगले त्यसको निस्पक्ष छानविन नगरेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन।

राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ (संशोधन सहित) को नियम १६ बमोजिम एमडी/एमएस अध्ययनका लागि कुनै पनि अनुमति प्राप्त स्वास्थ्य संस्थामा काम गरेको अनुभवको आधारमा प्राप्त भएको अंकसहित समावेश गरी आएको कुल अंकका आधारमा योग्यता निर्धारण गर्ने ब्यवस्था छ।

त्यसका लागि एमबीबीएसको पढाई सकेपछि कमसेकम एक वर्ष काम गरेको अनुभव प्रमाण पत्र पेश गर्नु पर्ने ब्यवस्था छ। तर, प्रवेश परिक्षामा दुर्गम क्षेत्रमा काम गरेको झुठो अनुभव प्रमाण पत्र पेश भएको आशंका भएपछि विद्यार्थीहरुले यस्को निस्पक्ष छानविनको माग गरेका छन् ।

नव निर्वाचित सांसद तथा नेपाल मेडिकल काउन्सिलकी सदस्य डा. तोसिमा कार्की, नेपाल मेडिकल काउन्सिलका सदस्य डा. कालुसिंह खत्री लगायतले अनुभव प्रमाण पत्रको निस्पक्ष छानविनको माग गर्दै आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीलाई ज्ञापन पत्र पनि वुझाएका छन् ।

‘एमडी पढ्नका लागि १ वर्षको योग्यताको लेटर चाहिन्छ। त्यो प्रमाण पत्र सक्कली हो वा होईन भनेर परिक्षण कसरी गर्ने ?’ एक विद्यार्थी भन्छन्–‘त्यसका लागि हामीले प्यान कार्ड अनिवार्य गर्न माग गरेका छौं ।’

अनुभवको प्रमाण पत्रसहित प्यान कार्डको अनिवार्य ब्यवस्था गर्न सके सक्कली र नक्कली आफै प्रष्ट हुने उनको दावी छ। ‘५/६ हजार तिरेपछि काठमाण्डौंमा फालाफाल एक्स्पेरियन्स लेटर किन्न पाईन्छ। काठमाण्डौं वाहिरका अधिकांश पोलिक्लिनिकहरुले यस्तो लेटर विक्रि गरेको पाईन्छ। त्यस्तो प्रमाण पत्रलाई आधार मानेर परिक्षाको नतिजा सार्वजनिक गर्दा वास्तवमा मेहनत गरेका विद्यार्थीको भविष्यमाथि खेलवाड भईरहेको छ’ उनी भन्छन्–‘प्यान कार्ड अनिवार्य गर्ने वित्तिकै उनीहरुले वास्तवमा दुर्गममा काम गरे/नगरेको, सरकारलाई कर तिरे/नतिरेको स्पष्ट हुन्छ। नक्कली कागज पत्ता लगाउने यो सवैभन्दा भरपर्दो उपाय हो।’

आयोगले हालै लागु गरेको अपग्रेडिङ सिस्टमले पनि विद्यार्थीलाई मर्का परेको उनको भनाई छ। अहिलेको ब्यवस्थाले कम नम्वर ल्याउनेले विद्यार्थीले एमडी पढ्न पढाउने तर टप गर्ने विद्यार्थीले पढ्नै नपाउने अवस्था श्रृजना भएको भन्दै उनले दुखेसो गरे । 

चिकित्सा शिक्षा आयोगले पुष दुई गते चिकित्सा शिक्षा एमडी÷एमएस (डक्टर अफ मेडिसिन/मास्टर्स अफ सर्जरी) एनविएमएस स्पेसलिष्ट शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षा लिएको थियो। जसको नजिता पुष ४ गते सार्वजनिक भएको छ।

विशेष