News

नयाँ पार्टी घोषणा गर्दै प्रभु साह, अमरेश कुमार सिंह पनि जोडिदै

नयाँ पार्टी घोषणा गर्दै प्रभु साह, अमरेश कुमार सिंह पनि जोडिदै

रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका प्रभु साहले पार्टी घोषणा गर्ने भएका छन् । साह निकट एक नेताकाअनुसार साहले ‘आम जनता पार्टी’ घोषणा गर्ने भएका हुन् ।

उनका अनुसार काठमाडौंको कोटेश्वरस्थि तपोवन पार्टी प्यालेसमा साहको नेतृत्वमा आम जनता पार्टी घोषणा हुने भएको हो । सो पार्टीमा प्रभु समूहबाट किरण साह र सर्लाहीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका अमरेशकुमार सिंह समेत जोडिने बताइएको छ ।

त्यसको निचोड सार्वजनिक गर्न उनले आज पत्रकार सम्मेलन आयोजना गरेका छन् । पत्रकार सम्मेलन बिजुली बजारस्थित क्रिष्टल प्यालेसमा आज दिउँसो ३ बजे आयोजना गरिएको छ । यसअघि साहले नयाँ पार्टीको नाम एकीकृत कम्युनिस्ट पार्टी, समाजवादी पार्टी नेपाल, प्रोग्रेसिभ पार्टी लगायत नाममा छलफल भए पनि आम जनता पार्टी नाम हुन सक्ने सम्भावना रहेको बताएका थिए ।

नेकपा एमाले छाडेर रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका साहले पार्टी गठन गरेपछि अग्रगामी शक्तिहरुसँग एकताका लागि सम्वाद गर्ने बताए । तत्कालीन नेकपा –माओवादी)मा लागेका साह २०५५ सालमा भूमिगत भए ।

माओवादीभित्र उनी केन्द्रीय कमिटी सदस्य भए । २०६३ को अन्तरिम संसदमा सदस्य रहे । देश संघीय प्रणालीमा गएपछि माओवादी केन्द्रले आफ्नो मधेश प्रदेश अध्यक्ष उनै साहलाई बनायो ।

उनी २०६४ र २०७० को दुवै संविधानसभामा रौतहट–३ बाट निर्वाचित भएका थिए । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा पनि रौतहट–३ बाटै जितेर चुनावी खेलमा उनले ‘ह्याट्रिक’ गरे ।

२०६८ र २०६९ मा क्रमशः कानुनमन्त्री र भूमिसुधार मन्त्री बनेका साहले २०७३ मा शहरी विकास मन्त्रालयको नेतृत्व पाएका थिए ।

एमाले र माओवादीको एकता भंग भएपछि उनले एमाले रोजेका थिए । तर, गत मंसिर ४ को निर्वाचन अगाडि साहले एमाले छाडेको घोषणा गरेका थिए । 
 

विशेष