News मनोरञ्जन

नायिका पुजा शर्मालाई च्यापेपछि भुवन केसी विवादमा

नायिका पुजा शर्मालाई च्यापेपछि भुवन केसी विवादमा

नायिका पुजा शर्मालाई काखी च्यापेपछि अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विवादमा परेका छन्। 

अभिनेत्री शर्मालाई चलचित्र विकास बोर्डको ‘महिला चलचित्र सशक्तीकरण समिति सदस्य’मा नियुक्ति गरेपछि केसी विवादमा परेका हुन। नयाँ फिल्म निर्माणको तयारीमा रहेकी पूजाले आफ्नो नयाँ फिल्ममा भुवन केसीका छोरा अनमोल केसीलाई लिएकी छन्।

त्यसैका कारण केसीको विरोध भएको हो। नयाँ व्यवसायको तयारीमा समेत रहेकी पूजालाई स्वार्थका लागि भुवनले काखी च्यापेको भन्दै विरोध भइरहेको छ। बलात्कार पीडित नाबालिगविरुद्ध मिडिया र सामाजिक सञ्जालमा सक्रिय पूजालाई बोर्डको उक्त पदमा नियुक्ति गरेमा समेत आलोचना भएको हो।

शर्मामाथि पीडित नाबालिगलाई ह्यारेसमेन्ट गरेको आरोप छ। चलचित्रकर्मी, महिलाअधिकारकर्मीलगायतले यस विषयमा भुवनसँग प्रश्न उठाएका छन्। पूजालाई चलचित्र विकास बोर्डको हालै सम्पन्न बैठकले उक्त पदमा नियुक्ति गरेका हो।

महिला चलचित्रकर्मीको अधिकार, सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउनका लागि महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६ अनुसार गठित समितिमा उनलाई सदस्य बनाइएको हो। 
 

विशेष