News

मधेश प्रदेशका सांसद माला कर्ण र रजी हैदरलाई सपथ नगराउन सर्वोच्चको आदेश

मधेश प्रदेशका सांसद माला कर्ण र रजी हैदरलाई सपथ नगराउन सर्वोच्चको आदेश

माओवादी मधेस प्रदेशका २ जना सांसदलाई शपथ ग्रहणमा सर्वोच्च अदालतले रोक लगाएको छ । सप्तरीकी मालाकुमारी कर्ण र महोत्तरीका रजी हैदरलाई सर्वोच्चले सांसदको काम कारबाहीमा रोक लगाएको हो।

संसद् सचिवालयका अनुसार समानुपातिकको बन्दसूचीमा रहेकी खचान्जी महतो नुनियाले आफूहरूभन्दा तल रहेकालाई निर्वाचित गरेको भन्दै निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिईन।

माओवादीले पठाएको बन्दसूचीअनुसार निर्वाचन आयोगले निर्वाचित नगरेको भन्दै सर्वोच्चमा परेको सोही मुद्दाका कारण सर्वोच्चले तत्काल रजी र मालाकुमारीलाई शपथ नगराउन पत्र पठाएको सचिवालयले जनाएको छ ।

मधेस प्रदेशमा माओवादीबाट ४ जना समानुपातिकमा निर्वाचित भएका थिए । निर्वाचित हुनेमा धनुषाबाट सुनिता यादव, सप्तरीबाट मालाकुमारी कर्ण, धनुषाबाट शारदा दास (पहाडी) र महोत्तरीबाट मोहम्मद रजी हैदर निर्वाचित भएका हुन् । सुनिता र माला मधेसी समूह, शारदा दलित र रजी मुस्लिम समूहबाट निर्वाचित भएका हुन् ।

विशेष