News खेल

किर्तिमानी फुटबलर पेले, जसका कारण रेफ्रीले मैदान छोडनु परेको थियो

किर्तिमानी फुटबलर पेले, जसका कारण रेफ्रीले मैदान छोडनु परेको थियो

विश्व फुटबलका महान खेलाडीको छवि बनाएका पेलेको बिहीबार निधन भयो। सन् १९७७ मा  सन्यास लिएका प्रख्यात फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो। 

तीनपटक विश्वकपको उपाधि जित्ने पेले एक्ला खेलाडी हुन्। उनले आफ्नो करिअरमा १ हजार ३६३ खेलमा १ हजार २८१ गोल गरेका छन्। पेलेको खेल र कीर्तिमानका धेरै कहानी विश्वप्रसिद्ध छन्।

त्यसमध्ये, पेलेका कारण रेफ्रिले मैदान छाडेको घटना रोचक छ। सन् १९६८ को जुन १८ मा बोगोटामा पेलेको क्लब सान्तोस र कोलम्बियाको ओलम्पिक स्वाडबीच एक मैत्रीपूर्ण खेल भइरहेको थियो।

यो क्रममा रेफ्री गुइलेरमो केलासक्वेजले पेलेलाई मैदानबाट बाहिर जान निर्देशन दिए। पेलेमाथि अर्का खेलाडीलाई फउल गरेको आरोप थियो। वेलाक्वेजले पेलेले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएका थिए। 

यद्यपि रेफ्रीको यो निर्णयमा ठूलो विवाद भएर यसको विरोध सुरु भयो। सान्तोसका खेलाडीले रेफ्रीलाई घेरे। खेलको तस्बिरमा वेलाजक्वेलको आँखा कालो भएको देख्न सकिन्छ। 

त्यहाँ उपस्थित दर्शकहरुले पनि रेफ्रीको विरोध गरेका थिए। सन् २०१० मा दिएको एक अन्तर्वार्तामा उनले आफू मैदानबाट बाहिरिनु परेको बताएका थिए। उनले आफ्नो सिठ्ठी सहायक रेफ्रीलाई दिएर मैदान छाडेका थिए। तर पेलेलाई खेलमा पुनः फिर्ता बोलाइएको थियो। 
 

विशेष