सरकार गठनका विषयमा माओवादीलाई धेरै चासो, वैठक वस्दै
![सरकार गठनका विषयमा माओवादीलाई धेरै चासो, वैठक वस्दै](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/12/mawobadi.jpg)
सत्ता गठवन्नमा सरकार गठनको विषयमा सवैभन्दा वढि चासो नेकपा (माओवादी केन्द्र)का नेताहरुलाई देखिएको छ। सरकार गठनका विषयमा छलफल गर्न माओवादी पदाधिकारीको बैठक बस्न लागेको छ ।
बैठकमा दुई एजेन्डा तय गरिएको बताइएको छ । सरकार गठन र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको समिक्षा गर्न वैठक वस्न लागेको जनाईएको छ।
उपमहासचिव हरिबोल गजुरेलले निर्वाचन समीक्षा र सरकार गठनका बारेमा छलफल गर्न पदाधिकारीको बैठक बस्न लागेको जानकारी दिए । कांग्रेससहित पाँच दल मिलेर प्रतिनिधिसभा निर्वाचनमा गएको अवस्थामा पार्टी र गठबन्धनलाई प्राप्त परिणाम र आगामी दिनमा कसरी जाने भन्नेबारेमा छलफल हुने उनको भनाइ थियो ।
अध्यक्ष दाहालले आगामी रणनीतिबारे पदाधिकारीबाट सुझाव लिनका लागि बैठक बोलाइएको दाहालका प्रमुख स्वकीय सचिव तथा पार्टी केन्द्रीय सदस्य रमेश मल्लले बताए ।
माओवादीका २१ जना पदाधिकारी छन् । मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीमा अध्यक्षपछिको शक्तिशाली पद महासचिव रहेका देवप्रसाद गुरुङ, उपमहासचिवहरू पम्फा भुसाल, गिरिराजमणि पोखरेल र मातृका यादव पराजित भएका छन् । सचिव चक्रपाणि खनाल पनि पराजित भएका छन् ।