News

महेश बस्नेतको आरोपः ‘भाउजुको सरकार’ले अरबौंको चलखेल गरेको छ

महेश बस्नेतको आरोपः ‘भाउजुको सरकार’ले अरबौंको चलखेल गरेको छ

नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले कांग्रेस सांसद आरजु राणा देउवा र निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणले अरबौंको चलखेल गरेको आरोप लगाएका छन्।

पूर्वमन्त्री समेत रहेका वस्नेतले आरजुर र खाँडले ठुला आयोजनामा अरबौँको चलखेल गरेको र निर्वाचनपछि पनि आफूहरुकै सरकार बन्ने भन्दै ठुला आयोजनाको ठेक्का दिने भनेर अग्रिम रूपमा ६/७ अर्ब रुपैयाँ बुझेको आरोप लगाएका हुन।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले अहिले सरकारबाट बाहिरिएपछि उनीहरु पैसा फिर्ता गर्नुपर्ने अवस्थामा पुगेको बताए । देउवा नेतृत्वको सरकारलाई ‘भाउजुको सरकार’ भन्ने मानक रहेको स्मरण गराउँदै उनले भने, ‘देउवा सरकारले विकास निर्माणको पनि केही काम गरेको थिएन । ठुला–ठुला आयोजनाको सन्दर्भमा चाहे त्यो एनसेलको सन्दर्भ होस, चाहे त्यो सूर्यविनायक–धुलिखेल सडकको सन्दर्भ होस्, यी तमाम सन्दर्भमा अरबौँ पैसाको सेटिङ थियो । भाउजुको सरकार अथवा आरजु देउवाज्यू, अथवा बालकृष्ण खाँणजीलगायतका साथीहरूको सेटिङमा अब सरकार बन्नेछ र मिलेमतोमा तपाईँहरुलाई ठेक्कालगायत दिन्छौँ भनेर ६/७ अर्ब उहाँहरूले लिनुभएको छ र अहिले त्यो पैसा चाहिँ फिर्ता गर्नुपर्ने अवस्थामा पुग्नुभएको छ भन्ने कुरा अहिले चर्चामा आएको छ ।’
 

विशेष