News

चौरसियाले गरे देउवाको वचाउः सत्ता गुम्नुमा सभापतिको कुनै दोष छैन

चौरसियाले गरे देउवाको वचाउः सत्ता गुम्नुमा सभापतिको कुनै दोष छैन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद अजयकुमार चौरसियाले पार्टी सभापति शेरवहादुर देउवाको वचाउ गर्दै गठबन्धन भत्किएर सत्ता गुम्नुमा उनको कुनै दोष नभएको बताएका छन् ।

गठबन्धन टुटाउने विषयमा नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुको निकै अगाडि सहमति वनि सकेको र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालको अस्थिर प्रवृत्तिका कारण गठबन्धन टुटेको उनको दावी छ।

‘आफूलाई अप्ठ्यारो भएका बेला गठबन्धन बनाउन खोज्ने, परिस्थिति बदल्ने अवस्था आउँना साथ गठबन्धन छाडेर धोका दिने प्रचण्डको प्रवृत्तिले गठबन्धन भत्कियो’ चौरसियाले भने ‘एमाले र माओवादीका दोस्रो तहका नेताबीच पहिले नै गठबन्धन टुटाउने सहमति भइसकेको थियो ।’ 

‘पहिलो पार्टीका नेताले सरकारको नेतृत्व छाड्न हुँदैन भनेर धेरै साथीहरुले सल्लाह दिएका थिए। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नै आफ्नो नेतृत्वमा सरकार बनाउने संस्थागत निर्णय गरेको थियो’– उनले भने। अहिले आएर देउवाको कुर्षि मोह भन्न नमिल्ने उनको भनाई छ।

‘आगामी दिनमा एकताबद्ध भएर बामपन्थी ध्रुवीकरणसँग लड्नुपर्छ । नेतृत्व असफल भएको छैन ।’ उनले भने–‘हिजो प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएको सभापति शेरबहादुर देवाले नै हो । सातै प्रदेशमा पार्टीलाई सत्तामा पुर्याउने काम पनि यही नेतृत्वबाट भएको हो । कांग्रेसलाई सबैभन्दा ठूलो पार्टीले बनाउन सफल हुन भएको छ।’ देउवामा प्रतिकूल परिस्थितिलाई अनुकुलतामा बदल्ने क्षमता देउवामा रहेको उनको दाबी छ ।  

एउटा घटनाक्रमले नेतृत्वलाई खुइल्याउने कुरा राम्रो नभएको उनी बताउँछन् । उनले भने–‘भोलि हाम्रो अनुकूल परिस्थिति पनि त  बन्न सक्छ नि ?’ सात दलीय गठबन्धनका सबै पार्टीभित्र असन्तुष्टि रहेको भन्दै भोलि कांग्रेसको अनुकूल परिस्थिति बन्ने उनले बताए ।
 

विशेष