News

सावित्रि सुवेदीले ‘मलाई बलात्कार गर’ भनेको भिडिओ जोडेर उछृंखल टिकटक

सावित्रि सुवेदीले ‘मलाई बलात्कार गर’ भनेको भिडिओ जोडेर उछृंखल टिकटक

पछिल्लो समय सामाजिक सञ्जालको सदुपयोग भन्दा पनि दुरुपयोग वढ्दै गएको छ। फितलो कानुनी ब्यवस्था र भएका कानुनको पनि कार्यान्वयनमा जटिलता देखिएका कारण सामाजिक सञ्जाल गाली गर्ने, अपमान गर्ने, उछृंखल सामाग्री पोष्ट गर्ने माद्यमका रुपमा विकास हुँदै गएको छ।

विभिन्न ब्यक्ति र विभिन्न प्रसंगका फोटो र भिडियो जोडेर टिकटक, फेसवुक र युट्युवमा राखेर चरित्र हत्या गर्ने, प्रतिष्ठित ब्यक्तिहरुको मान मर्दन गर्ने लगायतका कृयाकलाप वढिरहेका छन् । पछिल्लो पटक टिकटकमा एउटा यस्तै भिडियो वाहिरिएको छ। जसमा अनेक भिडियो जोडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतको अपमान गरिएको छ।

महिला अधिकारकर्मी सावित्रि सुवेदीले कुनै समय बलात्कार र महिला हिंसा विरुद्ध अभिब्यक्ति दिने क्रममा ‘आउ, मलाई बलात्कार गर’ भनेको भिडियो क्लिवबाट सुरु भएको टिकटकमा त्यसपछि भेलु बाजे (मीनबहादुर बुढा) को भिडियो क्लिप मिसाईएको छ। भेलु वाजे भन्छन्–‘प्रचण्डले गर्छ।’ त्यसपछि दाहाल र ओलीको भनाईलाई  पनि भिडियोमा जोडिएको छ।
 

भिडियो जोडेर बनाईएको टिकटकमा यस्तो छ सम्वाद
सावित्रि सुवेदीः
मलाई बलात्कार गर कसैले, मलाई बलात्कार गर।
भेलु वाजेः प्रचण्डले गर्छ। प्रचण्डले अनिवार्य/सिओर गर्छ भनेर हामीले ढुक्क भएर/सियोर भएर वस्छौं।
दाहालः सक्किगोनी। यत्तिनै रछ भनेर आफैले आफैलाई स्विकार गर्नु पर्ने।
केपी ओलीः हुतिहारा मोरा।
 

सावित्रि सुवेदी

विशेष