News

सरकारका लागि माओवादी गठबन्धन तोड्न तयार, सवै विकल्प खुल्ला

सरकारका लागि माओवादी गठबन्धन तोड्न तयार, सवै विकल्प खुल्ला

नेकपा माओवादीले सरकार गठनका लागि गठबन्धन तोड्न विकल्प तयार गरेको छ। शनिबार चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको बैठकमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्प खुल्ला गरेको हो।

बैठकपछि कुराकानी गर्दै उपाध्यक्ष कृष्णबहादुर महराले बर्तमान गठबन्धन छोड्ने निर्णय नगरेको तर सबै विकल्प खुला राख्ने निर्णय भएको बताए । ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन,’ उनले भने, ‘अन्य विकल्प पनि खुल्ला राख्ने निर्णय भएको छ ।’

उनले एमालेसँग पनि मिलेर सरकार बनाउन सकिने संकेत गरे। ‘सबै विकल्प खुल्ला छ, तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय हामीले गरेका छैनौं’– उनले भने।

माओवादीले पहिलो चरणमै आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दैं आएको छ। कतिपयले नेपाली कांग्रेस यसका लागि तयार नभए एमालेसँग पनि माओवादी मिल्नसक्ने आशंका गरेका छन् । एमाले नेताहरुले पनि माओवादीलाई सँगै मिलेर जानका लागि आह्वान गरिरहेका छन्।

विशेष