News

विमानस्थलमै ज्ञानेन्द्र शाहीको गर्जनः कानुन बनाएर भ्रष्टाचारीलाई जेल हाल्छु

विमानस्थलमै ज्ञानेन्द्र शाहीको गर्जनः कानुन बनाएर भ्रष्टाचारीलाई जेल हाल्छु

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् ।

जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचितपछि काठमाडौं फर्किएका शाहीले विमानस्थलमै एमसीसी विरुद्ध आवाज उठाए। उनले आफ्ना समर्थकलाई सम्बोधन गर्दै भ्रष्टाचारविरुद्ध संसदबाट आवाज उठाउने बताए ।

शाहीले वाइडबडी काण्ड, मेलम्ची काण्ड, एनसेल काण्डजस्ता ठूला भ्रष्टाचार काण्ड मच्चाउनेहरुको भण्डाफोर संसदबाट गर्ने बताए ।

आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर ठूला भ्रष्ट्राचार काण्डका दोषीलाई जेल हाल्ने पनि उनले बताए ।

‘अब हाम्रो लडाइ भ्रष्टाचार विरुद्ध, अब हाम्रो लगाइ रोजगारी सिर्जना गर्नका लागि हुनेछ’ उनले भने, ‘अहिलेको कानुनले भ्रष्ट्राचार नियन्त्रण भएन । अब ठूलठूला काण्ड मच्चाउनेलाई यो पाँच वर्षभित्र जेल हाल्न सकिएन भने पनि कठघरामा उभ्याउनेछु ।’
 

विशेष