News खेल

फुटबल इतिहासकै धेरै तलव लिएर साउदी क्लवमा आवद्ध भए रोनाल्डो

फुटबल इतिहासकै धेरै तलव लिएर साउदी क्लवमा आवद्ध भए रोनाल्डो

वार्षिक १७ दशमलव ७ करोड पाउन्ड तलव पाउने गरी पोर्चुगलका स्टार फुटबलर ३७ वर्षीय क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासर क्लबसँग आबद्ध भएका छन् ।

उनी सन् २०२५ सम्मका लागि साउदी क्लब नासरसँग आवद्ध भएका हुन् । म्यान्चेस्टर युनाइटेड छोडेपछि साउदी क्लवमा आवद्ध भएका रोनाल्डोको तलब विश्व फुटबल इतिहासकै सबैभन्दा धेरै भनिएको छ ।

रोनाल्डोलाई यसअघि साउदीकै अर्को क्लब अल हिलालले पनि भित्र्याउने प्रयास गरेको थियो तर उनी साउदीकै नासरसँग अनुबन्ध भए । रोनाल्डो अनुबन्ध भएको क्लब साउदीको चर्चित क्लब हो । जसले ९ पटक साउदी लिग जितेको छ ।

रोनाल्डोले क्लबमा आबद्ध भएपछि फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न आफू उत्सुक रहेको बताएका छन् । एक विवादास्पथ अन्तर्वार्ताका कारण रोनाल्डोले केही समयअघि मात्रै म्यान्चेस्टर युनाइटेड छोडेका थिए ।

यो पनि,

क्रिस्टियानो रोनाल्डो

विशेष