News अपराध सुरक्षा

७ घण्टा उखुवारीमा घेरेर स्थानीयवासीले ३ जना भारतीय लुटेरा समाते

७ घण्टा उखुवारीमा घेरेर स्थानीयवासीले ३ जना भारतीय लुटेरा समाते

उखुवारीमा ७ घण्टासम्म घेरेर कञ्चनपुरका स्थानीयवासीले हतियारधारी तीन जना भारतीय लुटेरा पक्राउ गरेका छन्। बेलौरी नगरपालिका– १ वैशाखी गाउँबाट प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो।

मध्यरातमा हतियारसहित लुटपाट गर्न नेपाल आएको समुहसँग प्रहरी र स्थानीयको जम्काभेट भएको थियो । पुसे १५ मनाइरहेका बेला स्थानीय र प्रहरीसँग भेट भएपछि उनीहरु तितरबितर भए ।

यहि क्रममा सबै एक घर भित्र लुकेको अवस्थामा प्रहरीले एक लुटेरालाई पक्राउ ग¥यो । ती लुटेराबाट प्रहरीले एक पेस्तोल र आठ राउन्ड गोलीसमेत बरामद गरिएको थियो ।

पक्राउ परेका ब्यक्तिको जानकारीका आधारमा थप दुई जना पक्राउ परे । उनीहरुलाई उखुबारीमा लुकेको अवस्थामा पक्राउ गरिएको हो। उनीहरुलाई पक्राउ गर्न प्रहरी र स्थानीयले करिब ७ घण्टा उखुबारीमा सर्च गरे ।

राति साढ् १ बजे देखी खोजतलास गर्दा बिहान करिब साढे ७ बजे उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीमा प्रमुख इन्स्पेक्टर दानसिंह भण्डारीले बताए । लुटेरा उखुबारीमा लुकेको जानकारी पाएपछि सयौँ युवाहरू उखुबारी घेरा हाल्न पुगेका थिए ।

नजिकै नेपाल भारत सीमा नाका भएपनि युवाहरूले घेरा हालेका कारण उनीहरु भारत जान सकेका थिएनन् । केही दिनदेखि श्रृंखालवद्ध रुपमा भइरहेको चोरीका कारण स्थानीय त्रसित भएका थिए ।

विशेष