किन दर्ता गर्न मान्दैनन् एसपी बस्नेतले न्यायाधीशविरुद्ध बैवाहिक बलात्कारको मुद्धा?
कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीमाथि बलात्कार गरेको आरोप लागेको थियो । गिरीकी कान्छी श्रीमतीले आफुमाथि वैवाहिक बलात्कार भएको, अप्राकृतिक यौन सम्बन्ध राखेको र घरेलु हिंसा गरेको आरोप लगाएकी हुन् ।
कपिलवस्तु जिल्ला अदालतका चौथो नम्बर न्यायाधीश गिरीले विगत पाँच वर्षदेखि आफूमाथि अन्याय गरिरहेको उनको आरोप छ । मुलुकी संहिताले श्रीमतीको इच्छाविपरित यौन सम्बन्ध राख्नुलाई बलात्कार मान्छ । श्रीमतीमाथि जबरजस्ती करणी गरेको प्रमाणित भए पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
न्यायाधिश पतिबाट पिडित महिलाले कानुनी पचार खोज्न कपिलवस्तु प्रहरी प्रमुख एसपी प्रेम बस्नेतको ढोकामा पुगिन् । तर, एसपी बस्नेतले पिडित महिलाको उजुरीउपर कुनै कारबाही बढाएनन् । एसपी बस्नेतले उजुरी उजुरी लिन नमानेपछि उनी अहिले न्यायको लागि भौतारिरहेकी छन् । कपिलवस्तुबाट काठमाडौँ आएर मानव अधिकार आयोग र महिला आयोगमा निवेदन दिएकी छन् ।
एसपीबिस्टको अपराधिक सेटिङ न्यायाधिश गिरीसँग भएको महिलाको आरोप छ । ‘एसपीले उल्टै तपाईंविरुद्ध उजुरी परेको छ भनेर भन्छ । महिलाले भनिन्, ‘मलाई न्याय चाहिएको छ । यत्रो वर्ष हिंसा सहेर बसेँ । मैले कुनै धन सम्पत्ति पैँसा मागेकी छैन । म माथि अन्याय भएको छ । मेरो उजुरी लिइयोस् त्यही चाहान्छु । आफ्नै श्रीमतीलाई अन्याय गर्ने न्यायाधिशले कसरी जनतालाई न्याय दिन्छ?’
के थियो घटना?
पीडित महिलाका अनुसार विवाह गर्दा न्यायाधीश गिरी कोहलपुरको एक सरकारी कार्यालयमा उपसचिव थिए । महिलाको माइती नेपालगन्ज हो । सामाजिक सञ्जालबाट आफुहरु नजिकिएको ती महिलाले बताइन् ।
न्यायाधीश गिरीले आफूलाई ०७५ साल बैशाखमा दोस्रो श्रीमतीको रुपमा विवाह गरी भित्र्याएको उनले वताएकी छन् । न्यायाधीश गिरी ४ सन्तानका बुवा हुन् । ‘मैले विवाह गर्न मानेकी थिइन । घरमा भएकी श्रीमती बिरामी भइराख्छिन् । सहमतिमै अंशबन्डा गरेर तिमीलाइ भित्र्याउँछु भन्नु भयो । तिमी नभए झुन्डेर मर्छु भन्दै सुसाइट नोटसमेत देखाउनु भयो’ उनले भनिन्–‘दवाव भएपछि भारतको अयोध्या पुगेर हिन्दु परम्परा अनुसार बिवाह गर्यौ । विवाहमा मेरा परिवारका सदस्य पनि थिए ।’
बहु विवाहको अपराधबाट उम्किन गिरीले जेठी श्रीमतीसँग अंशबन्डा समेत गरेको र अंशबण्डा गर्दा ३५ लाख नगदसहित अन्य धन सम्पत्ति पनि दिएको उनले वताएकी छिन् । तर, विवाहपछि लगातार शारीरिक तथा मानसिक यातना दिने, यौन शोषण गर्ने गरेकाले आफु पीडामा परेको उनको भनाइ छ ।
गिरीले आफुलाई यौन इच्छा पुरा गर्ने वस्तुको रुपमा मात्रै प्रयोग गरेको उनको भनाइ छ । विवाह भएदेखि हालसम्म दुई पटक गर्भपतन गराएको उनी बताउँछिन् । ०७५ असारमा पहिलो पटक औषधी खुवाएर आफ्नो इच्छाविपरीत भ्रुण हत्या गरेको महिलाको बताइन् । ‘जहाँ गएपनि मलाई सँगै लाने। कोहलपुरबाट सरुवा भएर उहाँ दिपायल जानु भयो । बिहे गरेको तीन महिनापछि म गर्भवती भएँ । म सन्तान जन्माउन चाहन्थे । तर, उहाँले जबरजस्ती औषधी खुवाएर गर्भपतन गराउनु भयो,’ उनी भन्छिन्, ‘औषधि खान मानेकी थिइन । तर, कुटपिट गर्न थालेपछि बाध्य भएँ ।’
दिपायलबाट धनगढी सरुवा भएपछि दोस्रो पटक ०७६ जेठमा गर्भवती भएको तर कुटपिटका कारण गर्भ खेर गएको उनले वताईन । ‘गर्भपतन गराउन दवाव दिन थाल्नु भयो । मैले अस्विकार गरेँ । मलाई मरणासन्न हुने गरी कुटपिट गर्नु भयो । छाती, टाउको, पेट जताततै हिर्काउनु भयो । कुटपिटकै कारण तीन महिनाको गर्भ खेर गयो ।’
आफनो पीडा सुनाउँदा पटक पटक भक्कानिएकी उनले यस विषयमा प्रहरी समक्ष जाँदा पनि सुनुवाई नभएको वताईन । ‘गर्भपतन भएपछि रक्तश्राव रोएिकन । म धनगढीको एक अस्पताल भर्ना भएँ । त्यहाँ उपचार भएपछि मैले जिल्ला प्रहरी कार्यालय कैलालीमा भ्रुण हत्याको उजुरी दिए । अब यस्तो गर्दिन उजुरी फिर्ता लेउ भनेर फकाउनु भयो’ उनले भनिन्–‘माईतीमा समेत दवाव दिनुभयो । प्रहरीले पनि मिलापत्र गर्न सुझाव दिएपछि मैले उजुरी फिर्ता लिएँ । तर, मलाई अब सन्तान चाहिन्छ भन्ने माग कायम थियो।’
हाल श्रीमानसँग आफूले सन्तानको चाहाना राखेपछि पुनः कुटपिट गर्न थालेको उनको भनाई छ । त्यसपछि उनी न्याय खोज्दै हाल काठमाण्डौंमा आएकी छिन् । आफु अहिले आफन्तकोमा लुकेर बसेको उनले वताईन ।
पीडित महिलाले अहिले आफू असुरक्षित भएको बताएकी छन् । प्रहरीले आफ्नो उजुरी लिन नमानेकोले आफू लुकेर काठमाडौँ आएको बताइन् । गत मंसिर २ गते न्यायाधीश गिरीले निर्घात कुटपिट गरेको बताएकी उनले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बैवाहिक बलात्कार, अप्राकृतिक यौन सम्बन्ध र कुटपिटको जाहेरी दिन जाँदा प्रहरीले लिनै नमानेको वताईन। ‘मलाई विगत ५ वर्षदेखि नियमित यौन शोषण गरिराख्नु भएको छ । लगातार कुटाई खाँदै आएकी छु’ उनी भन्छिन्, ‘मंसिर २ गते कुटपिट गरेर शारीरिक सम्पर्क गर्नुभयो । त्यसपछि मैले न्याय खोज्ने निर्णय गरेकी हुँ ।’
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी प्रेम बस्नेतसँग यस विषयमा सम्पर्क गर्दा उनले कुनै जवाफ दिन चाहेनन् । न्यायाधीश गिरीविरुद्ध उजुरी आएको होरु भन्ने प्रश्न गर्ने वित्तिकै एसपी बस्नेतले फोन काटे । हामीले उनको नम्बरमा टेक्स्ट म्यासेज गर्दा त्यसको कुनै जवाफ फर्काएनन् ।