News

राहदानी वितरणलाई सहज बनाउ विज्ञको टोली परिचालन

राहदानी वितरणलाई सहज बनाउ विज्ञको टोली परिचालन

गृहमन्त्रालयले राहदानी वितरणलाई सहज बनाउ विज्ञको टोली गठन गरेको छ । टोलीले राहदानीसहित नागरिकता  र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज वनाउन काम गर्नेछ।

गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलका अनुसार हाल देखिएको समस्या समाधानका लागि सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको छ। विज्ञको टोलीले अध्ययन सुरु गरिसकेको र प्रतिवेदनका आधारमा समस्याको समाधानतर्फ लागिने उनले बताए।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नु पर्ने बाध्यता हटाउने बताएका थिए । उनले राहदानी भागमा अनुगमन समेत गरेका थिए ।

शनिबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी नागरिकलाई सहज रुपमा सेवा दिनका लागि विज्ञको टोली गठन गरिएको विषयमा छलफल गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राहदानी र लाइसेन्स लिने क्रममा देखिएको सास्ती रोक्न कदम चाल्ने बताएका थिए । मन्त्रिपरिषद्को पहिलो बैठकले यसबारेमा निर्णयसमेत गरेको थियो । 
 

विशेष