News खेल

पेलेले यस कारण गरे तीन पटक विवाह

पेलेले यस कारण गरे तीन पटक विवाह

फुटबलका सम्राट तथा ‘ब्ल्याक डायमन्ड’का नामले समेत चिनिने महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भयो। उनि सन् १९९५ देखि सन् १९९८ सम्म ब्रजिलका खेलकुदमन्त्री थिए।

सन् १९९० मा पेलेले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई देशको सन् १९९४ को चुनावमा राष्ट्रपतिमा लड्ने कुरा आफूले रुचाइरहेको बताएका थिए। त्यो अवसर भने उनलाई कहिल्यै आएन।

तर उनी राजनीतिमा प्रवेश गरेर सन् १९९५ देखि सन् १९९८ सम्म ब्रजिलको खेलकुदमन्त्री बने। खेलकुद मन्त्री हुँदा उनले पेले कानुन बनाउन अहम भूमिका लेखे जुन ब्राजिका खेलाडीलाई क्लब चुन्ने स्वतन्त्रता दियो । यस्तो जब पेले खेल्थे तब सम्भव थिएन । 


तीन पटक विवाह
पेले आफ्नो व्यक्तिगत जीवनमा खुला स्वभावका थिए। उनले जीवनमा तीन पटक विवाह गरे। उनको पहिलो विवाह रोजमेरी डोस रइस चोल्बीसँग सन् १९६६ मा भएको थियो। उनको पहिलो श्रीमतीबाट दुई छोरी भएका थिए। तर सन् १९८२ मा उनको सम्बन्धविच्छेद भयो।

सन् १९८१ देखि सन् १९८६ सम्म पेले असिरिया लेमोस सिक्साससँग बसे। पेलेसँग डेट गर्दा सिक्सास १७ वर्षकी मात्रै थिइन्। लामो डेटपछि उनले सन् १९९४ सिक्साससँग विवाह गरे। सिक्सासले जुम्ल्याहा सन्तान जन्माइन्।

उनीहरू सन् २००८ सम्म सँगै बसे। सिक्साससँग सम्बन्धमा दरार आएपछि उनीहरू छुट्टिए। त्यसपछि पेले लामो समय एक्लै बसे। त्यहीबीचमा उनी मार्सिया आओकीसँग नजिकिए। सन् २०१६ मा उनीहरूबीच विवाह भएको थियो।  

यो पनि,

विशेष