News

खाँडले स्विकारेः गठबन्धन चुनावअघि टुटेको भए कांग्रेसले २० सिट ल्याउँथ्यो

खाँडले स्विकारेः गठबन्धन चुनावअघि टुटेको भए कांग्रेसले २० सिट ल्याउँथ्यो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले चुनाव अघि गठबन्धन टुटेको भए कांग्रेस २० सिटमा खुम्चिन्थ्यो भन्दै प्रतिक्रिया दिएका छन् ।

बीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलको चौथो अधिवेशनको उद्घाटन समारोहमा खाणले कांग्रेस गठबन्धमा नगएको भए प्रत्यक्षतर्फ २० सिट हाराहारी मात्र जित्न सक्ने सम्भावना रहेको उल्लेख गरे।

‘निर्वाचनसम्म त्यो गठबन्धनलाई बचाएर तानेर ल्याएकै हो। भोलि इतिहासले सम्झेला। त्यतिबेला टुटेको भए के हुन्थ्यो’, उनले प्रश्न गरे, ‘कांग्रेससँग प्रतिस्पर्धा गर्न अन्य सबै राजनीतिक दलहरु मोर्चा बनाएर आउँथे। देशभरिमा अन्य पार्टीहरुले मोर्चा गराउँदा नेपाली कांग्रेसको २० सिटमा अग्रता थियो। अहिले त ५७ सिट त जितेकै छौं।’ 

निवर्तमान गृहमन्त्री रहेका खाणले कांग्रेसले आफ्नो नितिगत अडानका साथमा अन्य दलसँग एकता गर्नै पर्ने उल्लेख गरे। एकता र सहकार्यको कुरा गर्दा आफू पनि सिकार भएको भन्दै चुनावमा पार्टी भित्रदेखी अन्तर्राष्ट्रिय शक्ति पनि आफूलाई हराउन सक्रिय भएको दाबी गरे।

विशेष