News

प्रधानमन्त्रीको ४ मिनेटको ऐतिहाँसिक सम्वोधनः ब्यवस्था बदल्ने वाचा

प्रधानमन्त्रीको ४ मिनेटको ऐतिहाँसिक सम्वोधनः ब्यवस्था बदल्ने वाचा

सार्वजनिक कार्यक्रममा लम्बेतान भाषण गर्ने नेताहरु मध्ये प्रधानमन्त्री पुष्पकमल दाहाल पनि एक हुन। तर, आज उनले आफनो सम्वोधन ४ मिनेटमा टुंग्याएका छन् ।

चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाले अब भाषण कम, जनताको सेवा धेरै गर्ने प्रण गरे। उनले आफनो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गरेको समेत बताए ।

करीव ४ मिनेटको भाषणमा उनले भने– ‘मैले यो पटक हरेक दिन देशको पक्षमा, जनताको पक्षमा, सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छ । तपाई चितवनबासीलाई थाहा छ, मैले बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने भनेको छु । म यो कार्यकालमा धेरै भाषण गर्ने पक्षमा छैन ।’

प्रधानमन्त्रीले जनतालाई पिरमर्कामा पार्ने कुनै पनि निर्णयमा कठोर कदम चाल्ने समेत बताए । सुशासन कायम गर्न, भ्रष्टाचार र बेथिती अन्त्य गर्न आफूले पहिलो मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेको भन्दै प्रधानमन्त्री दाहालले जनतालाई सास्तीबाट मुक्त राख्ने आफ्नो प्रयास हुने बताए ।

उनले सम्बोधनमा सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्न सबै क्षेत्रबाट सहयोगको अपिल पनि गरेका छन् । 
 

विशेष