News

जन्ती बोकेको जीप दुर्घटना हुँदा १ बालकसहित ५ जनाको मृत्यु

जन्ती बोकेको जीप दुर्घटना हुँदा १ बालकसहित ५ जनाको मृत्यु

जन्ती बोकेको जीप दुर्घटना हुँदा धनुषामा ५ जनाको मृत्यु भएको छ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाबाट जन्ती बाकेर इटहरी फर्किँदै गरेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना भएको हो।

पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा शनिबार बिहान साढे ४ बजे जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

दुर्घटनामा तीन महिला, एक बालक र एक पुरुष गरी ५ जनाको मृत्यु भएको धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए । पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीया रुवीकुमारी साहको पहिचान खुलेको छ भने अन्यको परिचय नखुलेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुशन्धान भईरहेको जनाईएको छ। 
 

विशेष