News

अव कति गन्न बाँकी छ समानुपातिक मत ?

अव कति गन्न बाँकी छ समानुपातिक मत ?

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ। प्रतिनिधिसभामा प्रत्पक्षतर्फ १६५ क्षेत्रमध्ये १६२ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने स्याङ्जा–२, दोलखा र बाजुरामा मत गणना जारी छ। 

समानुपातिकतर्फ पनि तिनै तीन जिल्लाको मत गणना सक्न बाँकी छ। निर्वाचन आयोगले दिउँसो १२ बजेसम्म सवा लाखदेखि डेढ लाखसम्म समानुपातिक मत गन्न बाँकी रहेको जानकारी दिएको। 

१ करोड ८ लाखभन्दा बढी समानुपातिक मत गनिसकिएको र १ करोड ४ लाख ४ हजार ७ सय ६६ मत सदर भएको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ। 

आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार ४ प्रतिशतजति मत बदर भएको अनुमान छ। 

अहिलेसम्म सात दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय पार्टी बन्ने मापदण्ड पूरा गरेका छन्। 
 

विशेष