News

चापाकोट ३ मा पत्याउनै नसक्ने नतिजा !

चापाकोट ३ मा पत्याउनै नसक्ने नतिजा !

कांग्रेसले बुथ कब्जा गरेको भनेर भनिएको स्याङ्जा २ को चापाकोट नगरपालिकाका वडा नम्बर ३,४ र ५ को मतगणना शुरु भएको छ । जहाँ एमालेले पुनः मतदान माग गरेका गरेको थियो।

बुथ कब्जा भएको भनिएको चापाकोट ३ को मतगणना सकिँदा कांग्रेसका धनराज गुरुङले १४२६ मत पाउँदा एमालेकी पद्मा अर्यालको १०३ मत पाएकी छिन् । उनीहरुबीच १३२३ मत अन्तर रहेको छ ।

यहाँ मतदान शुरु भएको एक घण्टापछि कांग्रेसका कार्यकर्ताले मतदान केन्द्र नियन्त्रणमा लिएर एकलौटी मतदान गरेको एमाले कार्यकर्ताको आरोप छ ।

प्रदेशतर्फ पनि सो वडाबाट कांग्रेसका महेश भट्टराई धनराजकै जति १४२६ मत पाएका छन् भने एमालेका बुद्धिमान श्रेष्ठको १०३ मत छ । यहाँ पनि १३२३ मतको अन्तर रहेको छ ।

प्रायः एउटै दलका पनि प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको मत पनि तलमाथि हुने गरेको अवस्थामा यो वडामा मात्रै दुवै दलका दुवै उम्मेदवारको मत बराबरी कसरी आयो भन्ने प्रश्न खडा भएको छ।

चापाकोट ४ र ५ मा पनि बुथ कब्जा भएको भन्दै एमालेले पुनः मतदान माग गरेको थियो । तर निर्वाचन आयोगले मान्यता दिएपछि गणना भइरहेको छ । चापाकोट ३ गनिसक्दा धनराज २५ हजार ६५१ मतका साथ अगाडि छन् भने पद्मा २२ हजार २१३ मतका साथ पछ्याइरहेकी छन् । अब चापाकोट ४ गणना शुरु भएको छ । 
 

विशेष