News

दोलखामा एमाले र गठवन्धनको कडा टक्कर, २४ मतले एमाले अगाडि 

दोलखामा एमाले र गठवन्धनको कडा टक्कर, २४ मतले एमाले अगाडि 

दोलखामा भईरहेको मतगणना रोचक अवस्थामा पुगेको छ। प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार र सत्तागठबन्धनका उम्मेदवारबीच २४ मतको अन्तर देखिएको छ । 

एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले १८ हजार ५ सय २९ मत पाएका छन् भने माओवादीका उम्मेदवार गंगा कार्कीले १८ हजार ५ सय ५ मत ल्याएका छन् । 

पछिल्लो समय कार्कीले सिवाकोटीसँगको मतान्तर घटाउँदै लगेका हुन् । अहिलेसम्म कालिञ्चोक, भीमेश्वर, गौरीशंकर र जिरीको मतगणना सकिएको छ । 

हाल तामाकोसी र वैतेश्वर गाउँपालिकाका वडाहरूको गणना भइरहेको छ भने मेलुङ, विगु र शैलुङ गाउँपालिकाको मतगणना बाँकी छ । 
 

विशेष