News

उपेन्द्रको घोषणाः एमालेसँगको सहकार्यको औचित्य सकियो

उपेन्द्रको घोषणाः एमालेसँगको सहकार्यको औचित्य सकियो

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादले चुनाव सकिएसँगै नेकपा एमालेसँगको सहकार्य सकिएको घोषणा गरेका छन् ।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले एमालेसँगको चुनावी सहकार्य सकिएको बताएका हुन् । मंसिर ४ को चुनावका लागि जसपाले एमालेसँग केही सिटमा तालमेल गरेको थियो ।

‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै सहकार्यको कोर्स सकियो’– उनले भने। 

सरकार गठनमा कसलाई समर्थन गर्ने वा नगर्ने विषयमा भने निर्णयमा पुगिनसकेको उनले बताए। 

यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए । 
 

विशेष