News

नेपाली र भारतीय नागरिक बीच महाकाली वारी–पारी ढुङ्गा हानाहान

नेपाली र भारतीय नागरिक बीच महाकाली वारी–पारी ढुङ्गा हानाहान

दार्चुलाको भारत– नेपाल जोड्ने सीमामा दुई देशका नागरिक बीच झडप भएको छ। झडपपछि करिव एक घण्टा सीमा बन्द भएर खुलेको छ।

आइतबार साँझ महाकाली नगरपालिका–४ पुलघाटमा दुवै पक्षाबीच ढुंगा हानाहान भएको हो। 

महाकाली पारि भारतीय पक्षले तटबन्धन बनाउन ग्याबिन वालहरू लगाइरहेको छ। त्यसक्रममा कामदारले सुरूमा ढुंगा हानेपछि यताबाट पनि हानेको जनाईएको छ। जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश शाहीले करिब ४ बजे भारतीय र नेपाली स्थानीयबीच ढुंगा हानाहान भएको जानकारी दिए। 

उक्त घटनापछि जिल्लाबाट डिएसपीको कमान्डमा टोली खटिएको छ भने दुई पक्षबीच वार्ता भएको छ। भारतबाट सरकारी अधिकारी र नेपालबाट प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छलफल भएको छ। 

विशेष