News

२४ घण्टा नवित्दै माओवादी ‘युटर्न’: एमालेसँगको सहकार्यको विकल्प खुल्ला भएको छैन

२४ घण्टा नवित्दै माओवादी ‘युटर्न’: एमालेसँगको सहकार्यको विकल्प खुल्ला भएको छैन

शनिवार मात्रै सरकार गठनका लागि सवै विकल्प खुल्ला गरिएको र एमालेसँग पनि सहकार्य गर्न सकिने जनाएको माओवादी २४ घण्टा नपुग्दै ‘युटर्न’ भएको छ। माओवादीका नेता देव गुरुङले आईतवार सरकार गठनका लागि सबै विकल्प खुला नभएको वताएका छन् ।

शनिबार बसेको पार्टी पदाधिकारी बैठकले एमालेसँग पनि मिलेर सरकार बनाउने विकल्प खुला गरेको थियो। नयाँ सरकार गठनमा गठबन्धनभित्र माओवादी केन्द्रले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने र त्यो हुन नसकेको खण्डमा एमालेलगायतका दलसँग सहकार्य गर्न सकिने सन्देश माओवादील वाहिर ल्याएको थियो।

तर, पार्टीको आइतबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन नटुट्ने स्पष्ट गरेका छन् । उनले सत्ता गठबन्धनका चार दल र लोसपासहित मिलेर चुनाव लगिएको स्मरण गर्दै गठबन्धन र तालमेलको भावनाअनुसार नै नयाँ सरकार बन्ने बताएको जनाईएको छ।

पार्टी महासचिव गुरुङले त यसबारे कुनै छलफल नै नभएको दाबी गरे। ‘एमालेसँग गठबन्धन गर्ने विषयमा कुनै पनि प्रकारको कुरा नै भएको छैन। गठबन्धनको विकल्पमा अहिलेसम्म कुरा भएको छैन’, गुरुङले भने, ‘गठबन्धनको विकल्पमा कुरा भएको छैन। पहिलो प्रयास त सत्ता गठबन्धनमै हुन्छ।’

उनले प्रवक्तासमेत रहेका उपाध्यक्ष कृष्णबहादुर महराले शनिबार बोलेको कुरामा पनि अनभिज्ञता प्रकट गरेका छन्। महराले वर्तमान गठबन्धन छोड्ने निर्णय नगरेको भएपनि सबै विकल्प खुला राख्ने निर्णय भएको बताएका थिए ।  ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन,’ उनले भनेका थिए, ‘अन्य विकल्प पनि खुला राख्ने निर्णय भएको छ ।’ उनले एमालेसँग पनि सहकार्य गर्न सकिने स्पष्ट संकेत गरेका थिए ।
 

विशेष