गोकुल बास्कोटाको घरमा कुकर बम

नेकपा एमालेका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाको घरमा शंकास्पद वस्तु भेटिएको छ ।
प्रहरीका अनुसार भक्तपुरको लोकन्थलीस्थित उनको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीका अनुसार शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई जानकारी गराइएको छ ।
आज बिहान छिमेकीले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।