News

राजविराज नगरपालिकामा सुसारे नियुक्ति गरेको विषयमा कांग्रेसको आपत्ति

राजविराज नगरपालिकामा सुसारे नियुक्ति गरेको विषयमा कांग्रेसको आपत्ति

आफनी छोरी स्याहार्न नगरपालिकाको खर्चमा सुसारे नियुक्त गर्ने सप्तरीको राजविराज नगरपालिकी कार्यवाहक मेयर (उपमेयर) इसरत पर्विनको विरोध सुरु भएको छ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिले शनिवार विज्ञप्ति जारी गरेरै कार्यवाहक मेयरले जथाभावी कर्मचारी राखेको विषयमा विरोध गरेको हो ।

कांग्रेस सचिव सनतकुमार मण्डलद्वारा राजी विज्ञप्तिमा भनिएको छ– ‘राजविराज नगरपालिकामा आर्थिक भार रहेको र कर्मचारी तथा ज्यालादारी कर्मचारीहरुलाई समयमा तलब खुवाउन नसकिने अवस्था रहँदा पनि नगरपलिकाका कार्यवाहक उपमेयरद्वारा थप ज्यालादारी कर्मचारी नियक्ति गरेको प्रति नेपाली कांग्रेस सप्तरीद्वारा गम्भिर ध्यानाकर्षण गराउन चाहान्छौं।’

कार्यवाहक मेयर पर्विनले आफनो ७ महिनाकी छोरी स्याहार्न नगरपालिकाको खर्चमा २ महिनाअघि निशा पर्विनलाई सुसारेको रुपमा (ज्यालादारी कर्मचारी) नियुक्ती गरेकी छिन। उनका ४ जना छोराछोरीको छन्।

यतिमात्रै होईन, उनले आफना आसेपासे÷नातागोता गरी ११ जना कर्मचारी भर्ना गरिसकेको नगरपालिकाकै कर्मचारीहरु वताउँछन् । 

नगरपालिका सूचना अधिकारी सुरेष कुमार यादवका अनुसार हाल नगरपालिकामा १ सयभन्दा वढि ज्यालादारी कर्मचारी छन। नगरपालिकाकाको आयश्रोतले भएकै कर्मचारी समेत धान्न नसक्ने अवस्थामा थप कर्मचारी भर्ना गर्न थालेपछि नगरपालिका भित्रै विरोध सुरु भएको छ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनय कुमार सोनुले अनावश्यक कर्मचारी भर्ना नगर्न सल्लाह दिदा कार्यवाहक मेयरले उल्टै कर्मचारीलाई भ्रष्टाचारी भन्दै आरोप लगाउन थालेपछि बाध्य भएर नियुक्ति दिनु परेको बताए ।

कार्यवाहक मेयर इसरत प्रविणले भने आफनो सुरक्षाका लागि केही कर्मचारी नियुक्ती गरेको वताउने गरेकी छिन् । उनी मेयर भिमराज यादव निलम्बनमा परेपछि कार्यवाहक मेयर भएकी हुन।

स्थानीय तह निर्वाचनमा उनी जनता समाजवादी पार्टीबाट उपमेयरमा निर्वाचित भएकी थिईन।

यो पनि,

विशेष