News खेल

मेसीले तोडे रोनाल्डोको कीर्तिमान, मेसीको गोल संख्या ९ पुग्यो

मेसीले तोडे रोनाल्डोको कीर्तिमान, मेसीको गोल संख्या ९ पुग्यो

जारी विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीको नाम दर्ता भएको छ। उनलले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पनि पछि पारेका छन्। 

आफनो करिअरको १००० औं खेल खेलेका मेसीले अर्जेन्टिनाका लागि कप्तानी गरेको १०० औं खेलमा पनि हो। देशका लागि १६९ खेल खेलिसकेका मेसीले अन्तर्राष्ट्रिय गोल संख्या ९४ पु-याएका छन्।

गएराति अस्ट्रेलियाविरूद्ध एक गोल गरेसँगै विश्वकपमा मेसीको गोल संख्या ९ पुगेको छ। यसअघि उनी र रोनाल्डोको गोल संख्या समान ८/८ थियो। मेस्सीले २३ खेलमा ९ गोल गरेका हुन् भने २० खेल खेलेका रोनाल्डोले ८ गोल गरेका छन्। 

विश्वकपमा सर्वाधिक गोल भने जर्मनीका पूर्वखेलाडी मिरोस्लाभ क्लोजले गरेका छन्। उनले २४ खेलमा सर्वाधिक १६ गोल गरेका छन्। यस्तै ब्राजिलका पूर्व खेलाडी रोनाल्डोले १९ खेलबाट १५ गोल गरेका छन्। फ्रान्सका केलियन एम्बाप्पेले १० खेलबाट ७ गोल गरिसकेका छन्।

अर्जेन्टिना कतारमा जारी २२ औं संस्करण फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति अहमेद बिन अलि स्टेडियममा भएको खेलमा अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले क्वाटरफाइनलमामा नेदरल्याण्डसँग खेल्ने पक्का गरेको हो।
 

विशेष