पेरिसडाँडाको बैठक बस्दै, गठबन्धनलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल हुने
नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । बैठक दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
आजको बैठकमा ४ मंसिरको निर्वाचनको समीक्षाका साथै अब बन्ने नयाँ सरकार निर्माणबारे छलफल हुने बताइएको छ । शनिबार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा जान सबै विकल्प खुला गरेको बताएको थियो ।
आजको बैठकले सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल हुनसक्ने नेताहरूले बताएका छन् ।
४ मंसिरमा भएको निर्वाचनबाट माओवादी केन्द्रले प्रत्यक्षतर्फ १७ सिटमा जित निकालेको छ ।